काठमाडौं,७,भदौ  ।

जनकपुर–जयनगर रेलः बढ्दै धार्मिक पर्यटक, भारतीय यात्रुहरु खुशी
जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय
यात्रुहरुलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि
नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज
बनेको हो । वि।सं २०७८ चैत्र १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको
शुभारम्भ गर्नुभएको थियो । सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति हेतु भारतले
रेल सेवा पूर्ण बन्द गरेको थियो । गत चैत्रबाट रेल सेवा पुनः सञ्चालनमा
आएसँगै पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरुलाई सहज बनेको छ ।
साथै नेपालबाट भारत जाने र आउनका लागि पनि रेल मार्ग सहज बनेको यात्रुहरुको
भनाइ छ । रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र
आउनेहरुका लागि यातायातको सेवा व्यवस्थित बनेको उनीहरु बताउँछन् । भारतीय
पर्यटक सुमन भिवाले नेपालमा घुम्न आउँदा रमाइलो महशुस भएको बताउनु भयो ।
उहाँले रेलको यात्रा पनि धेरै सहज र राम्रो रहेको प्रतिक्रिया दिनुभयो ।
पहिला धेरै समस्या हुने गरेपनि अहिले रेल सञ्चालनमा आएपछि भने धेरै सहज
बनेको बताउनु भयो । त्यस्तै भारतीय यात्रु सरिताकुमारीले नेपाल र भारत
रेल्वे सेवा सञ्चालनका कारण धेरै सुविधा थपिएको बताउनु भयो । उहाँले दिनमा
दुईपटक मात्रै चल्ने भएकोले केही समस्या भएको र अब यो संख्यालाई बढाएर
लैजानुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । रेल चल्दा समयका साथसाथै पैसाको
पनि वचत भएको बताउनु भयो । रेलमा बसमा भन्दा धेरै सुविधा हुने र परिवारसहित
यात्रा गर्दा रेल नै उपयुक्त हुने बताउनु भयो । भारतीय यात्रु रञ्जुकुमारी
देवीले रेल सञ्चालन भएपछि यात्राका लागि राम्रो भएको बताउनु भयो । त्यस्तै
भारतको बिहारका रामकृष्णले रेल सञ्चालनपछि काठमाडौंको पशुपतिनाथ आउँदा सहज
भएको र अन्य धार्मिक स्थलको भ्रमणका लागि यात्रा गर्न सहज बनेको बताउनु भयो
। रेल सञ्चालनपछि समयको वचत भएको र सेवा पनि राम्रो रहेको बताउनु भयो ।
त्यस्तै भारतबाट घुम्नका लागि नेपाल आउनुभएका यात्रु विभाकर कुमारले
नेपालमा रेलबाट आउँदा छिटो भएको र घुम्न पनि रमाइलो भएको बताउनु भयो ।
त्यस्तै अर्का भारतीय यात्रु बलरामकुमारले रेलको यात्रा धेरै राम्रो भएको र
समयको पनि वचत भएको बताउनु भयो । उहाँले पशुपति घुम्न आउन रेल सञ्चालनले
धेरै सहज बनाएको र पशुपतिनाथ मन्दिर धेरै राम्रो लागेको बताउनु भयो ।
त्यस्तै टिकट विक्रेता सन्तुकुमार यादवले यात्रुहरुको चाप बढीरहेको बताउनु
भयो । उहाँले रेलहरु अझै थपेर दिनमा जतिसक्दो धेरैपटक रेल सञ्चालन गर्दा
अहिलेको चापलाई धान्न सकिने बताउनु भयो । उहाँले भारतबाट आउने यात्रु लगभग
४५ प्रतिशत हाराहारीमा रहेको र अन्य यात्रु भने स्थानीय रहेको बताउनु भयो ।
उहाँले यात्रुहरुले पनि दिनमा तीनदेखि चार पटक रेल ओहोरदोहोर गरेमा सहज
हुने प्रतिक्रिया दिइरहेको बताउनु भयो ।
रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेल्वे अध्यादेश जारी
गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा बिस्तार गरेर स्पिड
टेस्ट गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको
थियो । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज बिस्तारका लागि
सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले पुस २०७५ बाट नै
जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विविध कारण देखाएर
रेल चलाउन अलमल हुँदै आएको थियो । तर गत वर्षको चैत्रबाट रेल पुनः
सञ्चालनमा आएसँगै नेपाली र भारतीय नागरिकलाई आवतजावतमा सहज भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here