काठमाडौं,७,भदौ ।

प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रश्ताव
पारित गरेको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन
भएकोप्रति शोक प्रश्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । गिरीको
गत शनिवार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी
अस्पतालमा निधन भएको थियो । गिरी नेपाली काँग्रेस पार्टीबाट वि।सं। २०५१ सालमा सिरहा जिल्ला क्षेत्र
नं। ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । त्यस्तै वि।सं।
२०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित
हुनुहुन्थ्यो भने वि।सं। २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं। १ बाट
प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मंगलवार बिहान १० बजे बस्नेगरी
बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here