काठमाडौं ,२० साउन,  ।

सूर्या लाइफ इन्स्योरेन्सको विशेष साधारणसभाले ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने समितिको निर्णयलाई अनुमोदन गरेको छ ।विराटनगरमा १९ साउनमा सम्पन्न कम्पनीको विशेष साधारणसभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।सोही निर्णयको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, सेयर कारोवार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको सञ्चालक समितिको निर्णयको अनुमोदन गर्ने निर्णय समेत कम्पनीले गरेको छ ।

कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य गर्नका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी सञ्चालक समितिबाट भएको निर्णय पनि साधरणसभाले अनुमोदन गरेको छ ।साधरणसभाले कम्पनी एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यकता अनुसार बीमांकीय मूल्यांकनका लागि परामर्शदाता, मूल्यांकनकर्ता लगायत कानुनी परामर्शदाता र अन्य विज्ञ नियूक्त गर्ने अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here