मलेसियामाथि आठ विकेटको जित निकालेको पपुवन न्यु गिनीले काठमाडौंमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट शृंखलाको फाइनल पुग्ने सम्भावनलाई जिवितै राखेको छ ।कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा पिएनजीले मलेशियालाई हराउँदा अन्तिम दुईमा स्थान बनाउने सम्भावना कायमै राखेको हो । शनिबार नेपालले मलेसियालाई पराजित गरे पिएनजीले फाइलनमा स्थान बनाउने छ ।

रोमाञ्चक खेलमा मलेसियाले दिएको एक सय ९७ रनको लक्ष्य पिएनजीले १७.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्दा पिएनजीले फाइलनमा स्थान बनाउने सम्भावना कायम राखेको हो । पिएनजीको सानदार जितमा टोनी उराले सर्वाधिक ८६ रन बनाए । उनले ३४ बलमा दुई चौका र १० छक्का प्रहार गरे । यस्तै, कप्तान असद भालाले ७४ रन बनाए । उनले ५१ बलमा आठ चौका र एक छक्का प्रहार गरे । यसबाहेक, चाल्र्स एमिनीले २८ रन बनाए । मलेसियाका मुहम्मद वफिक र स्याजरुल इद्रिसले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रनको योगफल तयार गरेको थियो । मलेसियका सेद अजिजले सर्वाधिक ६४ रन जोड्दा कप्तान अहमेद फैजले ६३ रन बनाएका थिए । यसबाहेक, जुबैदी जुल्किफ्लेले ४६ र विरन्दीप सिंहले १० रन जोडे । पिएनजीका काबुअ मोरेआले सर्वाधिक चार विकेट लिँदा रिले हाकुरे र चाड सोपरले समान एक विकेट लिए ।पिएनजीले श्रृंखला अन्तर्गत नेपालविरुद्धको दुबै खेल हार्दा मलेसियासँग पहिलो खेलमा पनि पराजित भएको थियो । यस्तै, पिएजनीलाई पहिलो खेलमा हराएको मलेसिया दोस्रो खेलमा भने नेपालसँग ६ विकेटले पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here