काठमाडौं,१८ साउन, ।
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रको विकासका लागि सरकारले सहयोग नगरेको आरोप लगाएका छन् ।प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघले आयोजना गरेको आफ्नो स्वागतमा गरेको कार्यक्रममा बोल्दै केसीले भने, ‘राज्यले जति सपोर्ट दिनुपर्ने थियो, त्यो पाइराखेका छैनौं । म तपाईंहरुकै लागि बोर्डमा आएको हुँ ।’
चलचित्र उद्योगलाई संसारभर फैलाउने र सम्पूर्ण समस्या समाधान गर्ने प्रतिबद्धता केसीले गरे । उनले अझै पनि फिल्म हल आउनुपर्ने भन्दै आफूले सिनेमा घरलाई मन्दिर भन्ने गरेको बताए ।‘मन्दिर नै छैन भने कहाँ पूजा गर्ने ?’ उनले प्रश्न गरे ।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरु नकिम उद्दिन र प्रदीपकुमार उदयले फिल्मको विकासको लागि सरकार गम्भीर नभएको बताए । उनले अध्यक्ष केसीसामु फिल्म क्षेत्रको समस्या र माग प्रस्तुत गरे ।गत साता अध्यक्षमा नियुक्त भएयता भुवनको व्यस्तता स्वागत र बधाई थाप्ने कार्यक्रममा बितिरहेको छ । उनले फिल्म क्षेत्रका सबै संघसंस्थालाई बोलाएर गोलमेच कार्यक्रम गर्ने र सुझावको आधारमा अघि बढ्ने समेत बताए ।








