रौतहट १९ साउन । रौतहट जिल्लाको पहिलो टेलिभिजनको रुपमा स्थापित रहेको रेड टेलिभिजनले एक कार्यक्रमको बिच आफ्नो दोश्रो बार्षिकोत्सव मनाएको छ।

आफ्नो दोश्रो बार्षिकोत्सववको अवशरमा रेड  टेलिभिजनको संस्थापक अध्यक्ष स्वर्गीय रामा यादवको  सालिक अनावरण गरिएको छ।

रौतहट जिल्लाको सदरमुकाम गौर बाट आफ्नो प्रशारण सुरु गरेको रेड टेलिभिजन सुरु देखि नै गाउँ,शिक्षा र गरिब असहाय परिवारको अवाजलाई बुलन्द गर्दै समबन्धित निकाय सम्म पुर्याउदै आईरहेको छ।

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशको आन्तरिक मामिला तथा संचारमन्त्री भरत साहले टेलिभिजनको उतरोतर प्रगतीको कामना गर्नु भएको थियो ।त्यस्तै वहाँले प्रदेश सरकारको तर्फ बाट आफुले रेड टेलिभिजनलाई संरक्षण गर्ने बताउनु भएको थियो।

त्यस्तै रेड टेलिभिजनको संस्थापक अध्यक्ष स्वर्गीय श्रीमती रामा यादवले रौतहट जिल्लाको लागि एउटा ठूलो बिकाश गरेर आफ्नो नाम सधैको लागि रौतहट बासिको माझ छोडेर गएको बताउनु भएको थियो।वहाँले श्रीमती रामा यादव महिला भएर पनि रौतहट जिल्लाको इतिहासमा धेरै नै महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो।

त्यसतै कार्यक्रमलाई सम्बोधन गर्दै स्वर्गीय श्रीमती रामा यादवको श्रीमान एवं रेड टेलिभिजनको संचालक जयप्रकाश यादवले आफ्नो श्रीमती इक्षा अनुसार आफुले टेलिभिजन संचालनमा ल्याएको तर आज आफ्नो श्रीमती नै यो सन्सार छोडेर जानू भएको कारण आफू दुखी रहेको बताउनु भयो।वहाँले आफुहरुले टेलिभिजन संचानमा ल्याए पनि टेलिभिजनको सरक्षण गर्ने जिम्मा प्रदेश सरकारको रहेकोले टेलिभिजनको संरक्षणको लागि वहाँले मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा संचारमन्त्री भरत साह सग आग्रह समेत गर्नु भयो ।

कार्यक्रम संचालन धमेन्द्र सिंहले गरेको थिए भने स्वागत मन्तब्य रेडखबर डटकम का संपादक आलोक पाण्डेले गर्नु भएको थियो। उक्त बार्षिकोत्सव कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्ष प्रेमचन्द्र झा,बिधायक बाबुलाल साह,महिला नेतृ गिता कुशवाहा,लगाएत पत्रकारहरुको उपस्थिती रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here