काठमाडौं,१७,असार ।
नेकपा एमाले सांसद एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले सरकारले
अमेरिकालाई एसपीपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल
सार्वजनिक गर्न माग गर्नुभएको छ ।
बिहीवार काडमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले
एसपीपी सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग
गर्नुभएको हो । उहाँले सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी
सार्वजनिक गर्नुपर्ने बताउनु भयो । सांसद रावलले सरकारले अमेरिको राज्य
साझेदारी कार्यक्रम स्टेट पार्टनर सीप प्रोग्राम लागू गर्न खोजेको तर
देशव्यापी बिरोधपछि रोकिएको दाबी गर्नुभयो । उहाँले अहिलेको गठबन्धन
सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको आरोप पनि लगाउनु भयो । सांसद
रावलले नेपालको अर्थतन्त्र,कृषि र मुलुकको सुरक्षामा देखिएको बाह्य
हस्तक्षेप बढ्दै गए नेपालीहरुले दैनिकी कष्ठकर र पीडादायी हुने बताउनु भयो
। उहाँले ७ भन्दा बढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म कानमा
तेल हालेर बसेको आरोप लगाउनु भयो । सांसद रावलले सरकार र गठबन्धन दलहरु कुन
मन्त्री कति महिना बनाउने र फेर्ने भन्नेमा मात्रै केन्द्रित रहेको बताउनु
भयो । उहाँले देशको राष्ट्रियतामा असर पर्ने कुराहरु के–के हुँदैछन भन्ने
कुरामा प्रधानमन्त्रीसमेत चिन्तित नरहेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपालको अर्थतन्त्र,कृषि र मुलुकको सुरक्षामा जुन बाह्य
हस्तक्षेप बढेको छ । बाह्य हस्तक्षपलाई मुक्त नगर्ने हो भने नेपालका आउने
दिनहरु झनै कष्टकर र पीडादायी हुने निश्चित छ । ६ देखि ७ देशमा शरणार्थीहरु
नेपालमा आएर धर्ना दिइरहेका छन् । एउटा विदेशी कपाल खैरो, छालो गोह्रो भएकी
एउटा महिलाले बोलिरहेको देखेँ । यो देशमा गृह मन्त्रालय कहाँ छ । सुरक्षा
प्रणाली कहाँ छ ? परराष्ट्र नीति कहाँ छ ? नेपालमा शरणार्थी आउने बाटो अरु
छैन । की हवाई जहाजबाट । त्यहाँबाट आएका हुन् भने अध्यागमनबाट
छिर्न दिइयो । नभए भारतबाट आउँछन् । यदि शरणार्थी कुनै देशबाट आयो भने
त्यही देशले शरण दिनुपर्छ । अर्काको देशमा पठाउन पाइँदैन । कसरी नेपालमा आए
। अनि यो सरकार कुन मन्त्री कति महिना भनेर भागबण्डा परेर कति खाने भनेर
मात्रै ध्यान छ की यो देशको राष्ट्रियतामा असर पर्ने कुराहरु के–के हुँदैछन
भन्ने कुरा प्रधानमन्त्री र सरकारमा बस्नेहरुलाई चिन्ता छ । यस्तो अवस्थामा
एसपीपी लागू गर्न खाजेको थियो । तर अहिले नमान्ने पत्र पठाएको भनेको छ ।
त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको पत्र नेपाली
जनताले थाहा पाउनुपर्छ ।’
सांसद रावलले सरकारले अमेरिकालाई एसपीपी लागू नगर्ने भनेर पत्र नै नपठाएको
आरोप लगाउनु भयो । उहाँले सरकारका मन्त्रीहरुले संसदमा जानकारी दिएपनि पत्र
भने नपठाएको दाबी गर्नुभयो । सांसद रावलले एसपीपी सम्बन्धमा प्रतिनिधि
सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यका नीति सिद्धान्तको अनुगमन
सम्बन्ध समितिले समेत दस्तावेज माग गर्दा अहिलेसम्म दस्तावेजहरु सरकारले
बुझाएको बताउनु भयो । उहाँले नेपालको परराष्ट्र नीतिलाई मिच्ने,मनपरी
निर्णय गर्ने,कुटनीतिक रुपमा पत्रचार गर्ने निकायले पत्रचार गर्ने र ठूला
शक्तिराष्ट्रहरुका अगाडि झुकेर संविधानको प्रावाधानलाई कार्यान्वयन नगर्ने
प्रधानमन्त्रीको चरित्रका कारण परराष्ट्र नीति र कुटनीतिमा गम्भीर विचलन
देखा परेको आरोप लगाउनु भयो ।
नेपालको परराष्ट्र नीतिलाई मिच्ने,मनपरी निर्णय
गर्ने,कुटनीतिक रुपम पत्राचार गर्ने निकायले पत्राचार गर्ने र ठूला
शक्तिराष्ट्रहरुका अगाडि झुकेर संविधानको प्रावाधानलाई कार्यान्वयन नगर्ने
प्रधानमन्त्रीमा चरित्र देखा परेको छ । आजको नेपालको कुटनीतिको विचलन त्यही
नै हो । त्यो नेपालको शान्तिको लागि नेपालको स्वतन्त्रता र भौगोलिक
अखण्डताको लागि अत्यन्त खतरनाक छ ।’
सांसद रावलले नेपालको कुटनीतिको विचलन हुँदा नेपालको स्वतन्त्रता र भौगोलिक
अखण्डताको लागि अत्यन्त खतरनाक हुने दाबी गर्नुभयो ।








