साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here