काठमाडौं,१६,असार ।
नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि
रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताउनुभएको छ
। बुधवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नव निर्वाचित कार्यसमितिको शपथ
कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन
युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ
चुनौती थपिएको बताउनु भएको हो । गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा शंकट
देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप
परेको बताउनु भयो । उहाँले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको
बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम
गर्नुपर्ने समय आएको पनि बताउनु भयो । गभर्नर अधिकारीले चार्टड
एकाउण्टेन्ट्सहरुले दिने भुमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको
बताउनु भयो ।
गभर्नर अधिकारीले अहिले विश्व अर्थतन्त्र छुट्टै खालको चापमा
रहेको छ । हामी सबैले फेस गरिरहेका छौं । कोभिड र कोभिड पछाडि रुस र
युक्रेनको युद्ध त्यसपछि सटेजको अर्थतन्त्रको फलस्वरुपमा मूल्यवृद्धिको
पे्रसर यतिबेला ग्लोवल रुपमा भएको छ । यसको चुनौती विश्वभरले
भोग्नुपरिरहेको छ । नेपाल त्यसबाट अन्यथा हुन सक्देनौं त्यस कारण यो
अहिलेको चुनौती सामना गर्ने शिलशिलामा सबैको भूमिका जरुरी छ । राज्यले आश
गर्दछ । चार्टर्ड एकाउन्टेन्सहरु मुलुकको महत्वपूर्ण जनशक्ति हो राज्यको
लागि,मुलुकको अर्थतन्त्रको लागि यसमा खुसी हुनुपर्छ । सबैले प्रत्येक्ष तथा
अप्रत्येक्ष रुपमा देशको लागि काम गरिरहेका छौं । चार्टर्ड
एकाउण्टेन्ट्सहरुले दिने भुमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले
अर्थसम्बन्धी कुनैपनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टड
एकाउण्टेन्ट्स संघ तयार रहने बताउनु भयो । उहाँले चार्टड एकाउण्टेन्ट्सहरु
विभिन्न संघसंस्थाहरुको प्रमुख भुमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा
उल्लेख्य योगदान आइरहेकाले जुनसुकै समस्याको विषयमा समधान
गर्नसकिने बताउनु भयो । अध्यक्ष पाण्डेले सरकारी तथा स्थानीय निकायमा समेत
चार्टड एकउण्टेण्ट्हरुको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता,
जवाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्ने बताउनु भयो ।
संघको नयाँ कार्यसमितिमा सर्व सहमतबाट अध्यक्षमा दीपक पाण्डे, उपाध्यक्ष
सुशील घिमिरे, महासचिवमा प्रदीप सिग्देल, कोषाध्यक्षमा वर्ष बराल चयन
हुनुभएको छ । त्यस्तै सदस्यहरूमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम
भण्डारी, शंकर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन हुनुभएको छ ।





