काठमाडौं ,१६,असार ।
असार १६ गते बिहीवार काठमाडौंमा हुने केही कार्यक्रमहरु
नेपाल स्वास्थ्य प्राविधिक संघमा स्वास्थ्यमन्त्री खापुङ
कार्यक्रमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले सम्बोधन
गर्नुहुनेछ ।
शेखर समूहको बैठक बस्दै
नेपाली काँग्रेसका नेता शेखर कोईराला पक्षको बैठक बस्दैछ । प्रधानमन्त्री
एवं पार्टी सभापति शेरबहादुर देउवाले विधानको कार्यान्वयन र भ्रातृ
संस्थाको नेतृत्व एकलौटी चयन गरेको भन्दै शेखर समूहले आन्तरिक छलफल गर्न
लागेको हो । बिहीवार कोईरालाको सचिवालयमा उक्त समूहको बैठक बस्ने जनाइएको छ
।
आज संसद दिवस मनाइँदै
आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ । हरेक वर्ष संसदको पहिलो बैठक
बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ । नेपालमा आज विभिन्न
कार्यक्रम गरेर संसद दिवस मनाइँदै छ । नेपालले सन् २०१६ साल असार १६ गते
संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ । पूर्व सांसद
मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन
गर्नुहुनेछ ।
खुला महिला भलिबलमा आज दुई खेल हुँदै
वागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगितामा आज
९बिहीवार० पनि दुई खेल हुँदैछन् । आज दिनको पहिलो खेल परोपकार गल्र्स
होस्टल र आयोजक न्यु डायमण्ड एकेडेमी तथा दोस्रो खेल नेपाल पुलिस क्लव र
एपिएफबीच प्रतिष्पर्धा हुनेछ । खेल कीर्तिपुरको बहुउद्देश्यीय कभर्डहलमा
हुनेछ ।
आजको मौसम
हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको
जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली
रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम
वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश,
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको
समेत सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली
रहनेछ । देशभर केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असार १६ गते बिहीवार काठमाडौंमा हुने केही कार्यक्रमहरु
नेपाल स्वास्थ्य प्राविधिक संघमा स्वास्थ्यमन्त्री खापुङः १ बजे, राष्ट्रिय
स्वास्थ्य तालिम केन्द्र, टेकु
शेखर समूहको बैठक बस्दैः समय नखुलेको, शेखर कोईरालाको सचिवालय
खुला महिला भलिबलमा आज दुई खेल हुँदैः २ बजे
एसपीपीबारे भीम रावलसँग साक्षात्कार हुँदैः १ः१५, रिपोर्टस क्लव
संसद दिवसबारे पूर्व सांसद मञ्चको कार्यक्रमः ११ बजे, संसद भवन बानेश्वर,
प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु जाने








