धनुषा प्रहरीले करिव डेढ लाख मुल्य बराबरको सरसमान बरामद गरेको छ ।बिहीबार राति करिव साढे १२ बजेको समयमा धनुषा जिल्लाको विदेह नगरपालिका–३ चिकना टोल स्थित भारतवाट नेपालमा दुई वटा मोटरसाइकलमा चिनी, किरानाका समानहरु भंसार छली ल्याई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष अनुसन्धान टोलीले सो मोटरसाइकल र समान बरामद गरी आवश्यक कारवाहीकोलागि शुक्रबार भन्सार कार्यालय जनकपुरधाममा बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here