जनकपुरधाम उप–महानगरपालिका–१२ वाट लागु औषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका–३ बस्ने १९ बर्षीय चुनचुन सहनी रहको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले गोप्य सूचनाको आधारमा चेक जाँच गर्ने क्रममा जनकपुरधाम–१२ स्थित क्याम्पस चोकवाट उनलाई पक्राउ गरिएको हो । उनी संग नेट्राभेट–१० लेखिएको दुई पतामा २६ ट्याबलेट र स्पासमो– प्रोएक्सआइभोन प्लस लेखिएको दुई पतामा १२ वटा ट्यावलेट गरि जम्मा ३८ वटा ट्यावलेट सहित उनलाई पक्राउ गरी औषधी शीर्षक मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








