जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।महाशाखाका अनुसार,कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी मौसम सफा रहेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा कुहिरोको लागेको छ । दिउँसो हिमाली, तराई र पहाडी क्षेत्र मुख्यतया सफा रहने सम्भावना छ ।बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु साथै कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here