काठमाडौं ४ जेठ ।

मकवानपुरको बकैया गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।नेकपा एमालेलाई पराजित गर्दै अध्यक्षमा कांग्रेसका धर्म लामिछाने र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् ।२१ हजार ७७१ मत खसेको बकैयामा कांग्रेसका लामिछानेले ११ हजार २९२ मत पाए । निकटतम् प्रतिस्पर्धी एमालेकी सरला बोलखेले ७०६६ मत पाइन् ।उपाध्यक्षमा निर्वाचित माओवादीका भक्तबहादुर खत्रीले ९५२२ मत पाएका छन् भने निकटतम् प्रतिस्पर्धी एमालेका लालबहादुर स्याङ्तानले ७६५२ मत ल्याए ।अघिल्लोपटक पनि यो गाउँपालिकामा कांग्रेस विजयी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here