३ जेठ, सुर्खेत ।

बराहताल गाउँपालिका सुर्खेतका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमै पराजित भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा आउन खोजेका बस्नेत वडानम्बर ८ को सदस्यमै पराजित भएका हुन् ।खुला सदस्यमा प्रतिस्पर्धा गरेका बस्नेतले ५३९ मत ल्याए । एमालेका प्रेमराज लिम्बुले ५९१ र छविलाल शर्मा जैसीले ५७८ मत ल्याएर बस्नेतलाई पराजित गरे ।

वडानम्बर ८ को अध्यक्ष एमालेका केशबहादुर कार्की निर्वाचित भएका छन् । उनले २८७ मत ल्याएर विजयी भएका हुन् ।१० वटा वडा रहेको बराहातालमा हालसम्म ८ वडाको मतगणना सकिएको छ । जसमा कांग्रेस र एमालेले तीन/तीन वडाध्यक्ष र माओवादी केन्द्रले २ वटा वडाध्यक्ष जितेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here