रुपन्देही ३० मंसिर ।
बुटवल । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति मोटरसाइकल चालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङको राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी ठोक्किदा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ वर्षिय अनिल चौधरीको ज्यान गएको छ ।
उपचारको लागी लमही ल्याउँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here