रौतहट, २९ फागुन ।
घर घर जाउ कांग्रेसलाई जिताउ भने अभियान रौतहट पनि आइतबार शुर भएको छ । गरुडामा श्री राम सुगर मिलको प्राङ्गणबाट उक्त अभियान सुरु भएको हो । अभियान सुरुवातीका लागि रौतहट आउनु भएका प्रमुख अथिती एवम पार्टीका केन्द्रीय सदस्य कल्याण गुरुङले अब हुने स्थानीय तहको निर्वाचनमा घर घर जाउ, कांग्रेसलाई जिताउ भने नारालाई पूरा गर्न सम्पूर्ण नेता कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो। केन्द्रिय सदस्य गुरुगले बिगतका दिनहरुमा कम्युनिस्टहरूले गरेको संसद बिघटन र बिकास निर्माणका कार्यहरुबाट जनताहरु कतिको खुशी छ भन्ने बिषयमा जनता संग प्रश्न समेत गर्न आग्रह गर्नु भएको हो । कार्यक्रममा बाल्दै बक्ताहरुले कांग्रेस ले भनेको बाचा गरेर देखाउने गरेकोले भोट दिन आग्रह गरेका छन् । कम्युनिष्टका नेताहरूले जनताहरुलाई झुठा आश्वासन दिएर दुई तिहाइको बहुमत प्राप्त गरे पनि देश चलाउन नसकेको आरोप समेत वक्ताहरुले लगाएका छन् । त्यस्तै कार्यक्रमलाई सम्बोधन गरिदै नव निर्वाचित जिल्ला सभापति एवं रौतहट क्षेत्र नं.३ का पुर्व सांसद सुनिल यादव जितेन्द्रले देशमा कम्युनिस्टहरूको तानाशाह प्रवृत्तबाट जनताहरु बच्चाउन कांग्रेसले निकै ठुलो भुमिका खेलेको भन्दै आउदो बैशाख ३० गते हुन गईरहेको स्थानीयतहको निर्वाचनमा कांग्रेसलाई नै जिताउन सबै संग आग्रह गर्नु भयो । पार्टी केन्द्रीय कार्यलयले जारी गरेको सर्कुलस अनुसार ७७ ओै जिल्लामा एकै साथ शुरु भएको कार्यक्रममा रौतहटमा पार्टीका कार्यवाह सभापति सुनिल कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अथिती मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव, नव निर्वाजित जिल्ला सचिव रामचन्द्र गिरी, नेपाली कांग्रेस क्षेत्र नं.३ क्षेत्रीय सभापति सर्फलाल गुप्ता, जिल्ला सदस्य बालमिकी यादव, नगर सभापति श्मभुकान्त यादव, कटहरिया नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष उमेश यादव, लगाएत कांग्रेस बाट निर्वाचित जिल्लाका प्राय सबै जनप्रतिनिधिहरुको विशेष उपस्थित रहेको थियो ।







