रौतहट, २९ फागुन ।

रौतहटको मौलापुर नगरपालिकाको सोरनियामा नेपाल सुशासन पार्टीको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष रमेश खरेलको प्रमुख आतिथ्यतामा सम्प न भएको कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गराउन आएको पार्टीका केन्द्रिय अध्यक्ष रमेश खरेलले विभिन्न पार्टीका नेताहरुले जनतालाई झुक्याउने काम कायमै रहेकोले उक्त कार्यबाट बच्न सबैमा आग्रह गर्नु भएको छ । अध्यक्ष खरेलले प्रत्येक नेपालीको ठाउका मा रिण थप्ने कार्य मात्र बर्तमान राजनितीकदलहरु तथा सरकारले गरेको भन्दै देश र जनतालाई रिण मुक्त गराउन नेपाल सुशासन पार्टीमा आउन आग्रह समेत गरेका छन् । अध्यक्ष खरेलले देशका बर्तमान नेताहरु भष्मासुर रहेको टिप्पणी गर्दै सबै भन्दा बढी भ्रष्टाचार सिंहदरबारबाट भएको आरोप समेत लगाए । कार्यक्रम पार्टीका नेता राजकुमार यादव, रामचन्द्र यादव लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए भन्ने जिल्ला अध्यक्ष रंजित पटेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य स्थानिय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here