रौतहट २९ ,फागुन । रौतहट जिल्लाको गुजरा नगरपालिका हरिनगरमा आज गोली चलेको छ । शनिवार भारतबाट आएको भारतीय नम्बरको गाडीले ठक्कर दिदा एक महिलाको घटनास्थलमै मुत्यु भएपछि स्थानीयले ठक्कर दिने गाडीमा आगजानी गरे पछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलेको हो । प्रहरी कार्यालयमा राखिएको गाडीमाथि स्थानियले आगजनी गरेको स्थानियहरुले बताएका छन् । आक्रोशित स्थानियबासीले प्रहरी कार्यालयको प्रतिक्षालय समेतमा आगजनी गरेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली समेत पुगेको घटनाबारे विस्तृत विवरण आउँन बाकी रहेको छ ।







