आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले संसदमा टेबल भएको एमसीसी सम्झौंतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको हो । सो सम्झौंताको सम्बन्धमा उठेका शंकाहरुको निवारण गर्दै पारित गर्न लागिएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । उहाँले एमसीसी सम्झौंता इन्डोप्यासिफिक रणनीतिको अंग होईन, सम्झौतामा नेपालको संविधान नै सर्वोपरी हुने तथा विशुद्ध आर्थिक परियोजना मात्रै भएको कुराहरुलाई समेत संलग्न गराई आइतबारकै संसद बैठकबाट पारित हुने बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले प्रमुख प्रतिपक्ष दल एमाले सरकारमा रहँदा एमसीसी सम्झौता संसदमा दर्ता भएकाले यसलाई पारित गर्न प्रमुख प्रतिपक्ष दलको पनि सकारात्मक भूमिका हुने बताउनुभयो । सम्झौतालाई राष्ट्रहितमा गराउने कुरामा कटिबद्ध हुँदै वर्तमान सरकारले यस सम्झौतालाई लागु गराउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘प्रमुख प्रतिपक्षी दलको सकारात्मक भुमिका हुन्छ ।








