रौतहट, २३ भाद्र ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा बाहय हस्तक्षेप बढे पछि नगरपालिकाको सबै कार्य गत आर्थिक वर्ष देखि अस्तव्यस्त भएको पाईएको छ । नगरपालिकाको नगर प्रमुख गोपाल राय यादव भ्रष्टाचार मुददामा विषेश अदालतबाट दोषी ठहर भए पछि निम्बलनमा परे संगै. नगरपालिको कामकाज गर्न कार्यवाहक मेयरको भुमिकामा नगर उपप्रमुख अम्बेया खातुन आए संगैं नगरपालिका अस्तव्यस्त बन्न पुगेको हो । नगरपालिकामा समयमा नगरसभा नभए पछि नगरपालिकाले लिजामा पाउने मार्क देखि नगरपालिकाले पाउने विकासे सबै बजेटहरु क्रमिकरुपमा कटौति हुन थालेको देखिएको हो । जिल्लाका १८ पालिका मध्ये सबै भन्दा ठुलो नगरपालिकाको रुपमा रहेको उक्त नगरपालिकामा भन्ने नगरपालिकाको आन्तिरिक विवादका कारण बजेट अवस्था भन्ने सबै भन्दा न्युन रहेको अभिलेखबाट देखिएको हो ।
नगर प्रमुख निलम्बन भए संगैं नगर प्रमुखको जिम्मेबारीमा आएकी नगर उपप्रमुख अम्बया खातुनले आफनो स्वविवेक प्रयोग नगर्दा नगरपालिकाको अवस्था धारा साही हुन गएको स्थानियहरु बताउछन् । नगरपालिकाले ढिलो चाडो नगर सभा गरे पनि बजेट खर्चको कार्य नगर्र्दा नेपाल सरकारबाट पाउने विकास अनुदानको करिब ३ करोड रकम नेपाल सरकारमा फिर्ता भएको अभिलेखबाट देखिन्छ । त्यस्तै नगरपालिकाले पाउने राजश्वको रकम समेत मालपोत कार्यालयहरुले दिदा लिन नसके पछि उक्त फिर्ता गएको समेत देखिएको छ । कार्यवाहक नगर प्रमुखले आफना नगरका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई सम्भालनुको साटो क्षेउछाउको नगरप्रमुख तथा माननियहरुलाई आफनो पथ प्रर्दशक बनाउन थाले पछि नगरपालिकाको यस्तो अवस्था हुन गयो एक वडाअध्यक्षको भनाई रहेको छ ।
कहिले बजेट सिलिंग विवाद त कहिले कामैं नगरि भुक्तानीको विवाद त कहिले प्रमुख प्रशासकिय अधिकृतको विवाद त कहिले लेखा प्रमुखको विवाद मै उलझेको नगरपालिकाले गतवर्षको बजेट खर्च गर्न नसक्नु त छुटैं हो यस आर्थिक वर्षको बजेट समेत संचालनका लागि हाल सम्म नगर सभा गर्ने वातावरण मिलाउन सकेको छैन ।
भन्निछ ‘फुट डालो शासन करो’ आज त्यहि अवस्थामा नगरपालिकालाई तबाह गर्न क्षेउछाउका केही नगर प्रमुख तथा केही संघिय सांसदहरु लागेको स्थानियहरुको भनाई रहेको छ । नगरपालिका हाक्ने जिम्मेबारी लिएकाहरुले नगरका जनताहरुको समस्या बुझि त्यसको समाधान तिर लाग्न हाम्रो पनि आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here