sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता अनुमोदनका लागि १२ बुँदे व्याख्यात्मक घोषणा पेश गर्नुभएको छ ।

अर्थमन्त्री शर्माले पेश गरेको व्याख्यात्मक घोषणाको छलफलमा सांसदहरु सहभागि भएका छन् । छलफलमा बोल्दै सांसद सुरेन्द्रबहादुर कार्कीले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अगाडी बढाउनुपर्ने बताउनुभयो । त्यस्तै नेपालले दिर्घकालीन विकास रणनीतिको घोषणा बनाउनुपर्ने र विकासका लागि आफ्नो प्राथमिकता निश्चित गर्नुपर्ने बताउनुभयो ।

सांसद पार्वतीकुमारी बिशंखेले अर्थमन्त्री शर्माले पेश गरेको व्याख्यात्मक घोषणा हुबहु पारित गरेर अमेरिकाले पनि हुबहु कार्यान्वयनमा लानुपर्ने बताउनुभयो । सो घोषणा कार्यान्वयन नभए यो सम्झौतामा नेपाल सहभागि नहुने उहाँको भनाई छ ।सांसद दुर्गा पौडेलले सो सम्झौता राष्ट्रियता र सार्वभौमिकताको खिलापमा रहेको बताउनुभयो । एमसीसीलाई मतदानद्वारा खारेज गर्नुपर्ने उहाँले बताउनुभयो ।

सांसद भीमबहादुर रावलले व्याख्यात्मक घोषणालाई भ्रमात्मक घोषणाको संज्ञा दिनुभयो । एकपक्षिय घोषणा गर्नु केवल नेपाली जनतालाई ठग्नु भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले यो दिनलाई नेपाली स्वाधिनताको लडाँइमा इतिहासको कलंकको रुपमा चित्रण गर्नुभयो ।

सांसद राजकिशोर यादवले व्याख्यात्मक घोषणाले एमसीसी बारेको भ्रम चिर्ने बताउनुभयो । अमेरिकाले अनुदान दिएको भएपनि यसलाई दुई देशबिचको सन्धि सम्झौतासँग तुलना गरिएको भन्दै उहाँले यो केवल अनुदान रहेको बताउनुभयो ।

सांसद मीन विश्वकर्माले एमसीसीबारे भ्रमको बिस्कुन छरिएकोमा व्याख्यात्मक घोषणाले भ्रम निवारण हुने बताउनुभयो । सो अनुदान सम्झौता पारित गरेर आगामी दिनमा ऋण घटाउने र अनुदान बढाउने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो ।सांसदहरुले व्याख्यात्मक घोषणाको सम्बन्धमा आफ्नो धारणा राखिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here