रौतहट,२४ कार्तिक ।
हिन्दुहरुको महान पर्व छठको अवसर पारेर रौतहट जिल्लाको परोहा नगरपालिकाकी उपमेयर सुगान्धी गिरीले नवनिर्मित छठ घाटनको उदघाटन गरेकी छिन् । परोहा नगरपालिका वडा नं ७ खाप टोलको छठ घाटको समुद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेकी परोहा नगरपालिकाको उपमेयर श्रीमती सुगान्धी गिरी एक समारोहका विच गरेकी छिन् । उदघाटन कार्यक्रममा परोहा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष श्री रघुनाथ कलवार, वडा अध्यक्ष ८ को खेदु मुखिया लगायत गाउँका अन्य मानिसहरू सहभागिता रहेको थियो।








