बिरगंज।
छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेसका नेता एवं संविधान सभासदस्य अनिल रुङ्गटाद्वारा साडी बितरण गरिएको छ । नेपाली काङ्ग्रेस बिरगंज वडा न.२ को आयोजनामा आज छठघाटमा छठ पर्व गर्ने ब्रतालु महिलाहरुलाइ साडी बितरण गरेको थियो । नेपाली काङ्ग्रेस पर्साका कोषाध्यक्ष इमतियाज आलमको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पर्सा क्षेत्र १ का संविधान सभासदस्य अनिल रुङ्गटाले एक कार्यक्रम बीच सो वडाका बिपन्न, एकल महिला , आर्थिक अवस्था कमजोर भएका छठ बर्तालु महिलाहरुलाइ साडि बितरण गरेको हो ।
प्रमुख अतिथी रुङ्गटाले छठ पर्व आस्थाको महान पर्व भएकोले यो पर्व मधेशको मात्र सिमित नभैई अब देश कै र अहिले केही बर्ष देखि बिश्व कै पर्वको रुपमा प्रख्यात हुँदै गएकोले यो पर्वलाइ महापर्व पनि भनिएको हो र यस पर्वले हामिलाइ समानता र एकताको सन्देश दिएकोले हामी सबै यसको महानतालाई मनन गर्दै यस्को सन्देशलाई ब्यवहारमा कार्यान्वयन गर्नु पर्ने बताए र सम्पुर्ण ब्रतालु र श्रद्धालु भक्तजनहरुलाई छठ पर्वको पावन अवसरमा
बधाई तथा मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको थियो ।
साडि बितरण कार्यक्रमका अध्यक्ष आलमले यो पर्वले समानताको सुन्दर सन्देश दिएकोले नै यसको ब्यापकता बढदै गैई रहेकोले हामी सबै मिलिजुली यो पर्व मनाउदै आपसी भाइचारालाई मजबुत पार्न आजको आवश्यक्ता रहेको भन्दै सम्पुर्णलाई बधाई तथा शुभकामना दिदै धन्यवाद पनि दिएका थिए ।
सो कार्यक्रममा अतिथीहरुमा नेका क्षेत्रीय प्रतिनिधि जौवाद समानि, प्रेस युनियन पर्सा का संस्थापक अध्यक्ष एवम नेका मुस्लिम समन्वय बिभाग का केन्द्रिय सदस्य मन्जुर उल हक,प्रेस युनियन पर्साका पुर्व अध्यक्ष पुरुषोतम सिंह भट्टराई , सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष ग्यासुदिन ठकुराई, बुथ सचिव सज्जाद हुसेन, ललन क्षेत्री, अताउल हक, महम्द नौसाद, मजिद मिया अन्सारी, धिरज शर्मा, सुनिल सुबेदि, कृष्ण कार्कि, पिर महम्मद अन्सारी,जोगिन्दर साह सोनार, सन्चारकर्मि अजित भुजेल, लालबाबु सिंह , नेपाली काङ्ग्रेस वडा न.५ का बुथ सभापति हुकुम सिंह, नेपाली काङ्ग्रेसका युवा नेता दिलिप राज कार्कि, देवप्रकाश पटेल, शेष हजरा, फिरोज आलम , मुमताज मिया सिद्दकि , बसिर मिया हजाम, जहिरमिया समानि, प्रभु साह सोनार, ईजहार अहमद अन्सारि, मकबुल अहमद देवान, ओकिल मिया ठकुराई , भुलन महतो कोईरि लगायत स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।