सिन्धुपाल्चोक, २४ कार्तिक ।
सिन्धुपाल्चोकको हेलम्बु इचोकबाट काठमाडौ जाँदै गरेको बा ४ ख ५८१५नम्बरको बस इचोक सहकारी भवन छेउमा दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । बुधबार भएको बस दुर्घटनामा करिब १ दर्जन यात्रुहरु घाइते समेत भएका छन । घाइतेको उद्दारका लागि घटना स्थलमा एम्बुलेन्स पुग्दन लागेको बस दुर्घटनाबारे अन्य विवरण आउन बाकी रहेको छ ।








