रौतहटका एक समाजसेवीले दिवंगत पत्नीको सम्झनामा छठ व्रतालुहरुलाई साडी तथा पुजाको सामग्री वितरण गरेका छन् ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ५ का संतोष सिंहले आफ्ना श्रीमती स्वर्गीय अर्चना कुमारी सिंहको सम्झनामा २६ जना व्रतालुहरुलाई सामग्री वितरण गरेका हुन ।स्वर्गीय सिंहको चीर शान्तिको कामना गर्दै सोमबार बिहान आफ्नै निवासबाट हिन्दुहरुको महान पर्व छठ पुजाको अवसरमा साडी तथा साठीको चामल वितरण गरेको सिंहले जानाकारी दिए ।सोमवार बिहान सिंहले गाउँका जेष्ठनागरिक तथा छठ बर्तालु हरुको उपस्थितमा ब्रतालुहरुलाई साडी तथा पुजाको सामग्री वितरण गरिएको हो।विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरको बेला संक्रमित भएकी संतोष सिंहकी श्रीमती अर्चना सिंहलाई उपचारको लागि श्री बिरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा गत बैशाख २४ गते मृत्यु भएको थियो ।नेपाली सेनाको पदबाट अवकास प्राप्त सैनिक संतोष सिंहले १५ वर्षसम्म देशको सेवा गरेका थिए । अहिले पनि दुखी पिडित जनताहरुलाइ केही राहत होस र श्रीमतीको आत्माले शान्ती पाहोस भन्ने हेतुले सामाजीक कार्यमा लागेको बताउनु हुन्छ ।








