बारा कोल्हबी नगरपालिकाबाट चोरीको मोटरसाईकल सहित १ पुरुषलाइ प्रहरीले पक्राउ गरेको छ।

चाडपर्व लागे संगै नेपालमा दिन दाहाडै मोटरसाइकल चोरी हुने क्रम दिन प्रती दिन बढ्दै गहिरहेको छ । कत्तिको त मोटरसाइकल चोरी गर्ने र बेच्ने कार्य दिन चरिया जस्तै बन्न थाली सकेको छ । यस कार्यलाइ कम गर्न प्रहरी बिषेश निगरानिमा लाग्दा पनि यस कार्यमा कमी आउन सकेको छैन । बारा जिल्ला कोल्हबी नगरपालिका वडा नं १ खैरा स्कुलको प्राङगणमा भलिबल प्रतियोगिता भईरहेको थियो त्यस बेला १ मोटर साइकल हराएको थियो ।

उक्त स्थानबाट चोरी भएको कालो रंगको १२५ सी सीको साईन मोटरसाईकल नम्बर परिवर्तन गरी ल्याएको छ भनी बिशेष सुचना प्रहरीलाइ प्राप्त हुन आएको थियो । उक्त सुचनाको आधारमा जिल्ला बारा बारागढी गाउँपालिका वडा नं। ६ हंगोलिया टोल बस्ने वर्ष ४५ को मेदु प्रसाद चौधरीलाई यस कार्यालयबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले पक्राउ गर्न सफल भएको छ । निज ब्यक्तीलार्ई चोरी मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट म्याद थप गरी अनुसनधान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here