रौतहट । रौतहट जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको गौर नगरपालिकाले अब आफ्नै खोप केन्द्र भवन बाट गौर नगरपालिकाको स्थानियहरुले खोप लगाउने भएको छ ।
गौर नगरपालिकाको मेयर अजय कुमार गुप्ताले सोमबार एक कार्यक्रमको बीच गौर नगरपालिकाको वडा न १ को बजारको छेउवमा नवनिर्मित ८ कोठे २ तल्ले खोप केन्द्र भवनको उद्घाटन गर्नु भएको छ ।
खोप केन्द्र भवनको उद्घाटन भए पछि बिगतमा नगरवाशिलाई खोप लिन घन्टौ लाइनमा बस्नु पर्ने समस्याको अन्त्य भएको छ । सुबिधा सम्पन्न आधुनिक नव निर्मित भवनको उद्घाटन भए पछि स्थानियाहरुमा खुशी छाएको छ ।त्यस्तै नगरपालिकाको पुरानो भवनमा रहेको स्वास्थ्य शाखा लगाएत अन्य केहि शाखाहरु पनि उक्त भवनमा सारिने गौर नगरपालिकाको नगरप्रमुख अजय कुमार गुप्ताले तराईसंदेश अनलाईनलाई जनाकारोई दिनु भएको छ ।
उक्त भवन उद्घाटन कार्यक्रममा गौर नगरपालिकाको वडा न१ को वडा अध्यक्ष भारत साह, वडा न ५ को वडाअध्यक्ष राम स्वार्थ राय यादव, वडा न ४ को वडा अध्यक्ष भुवनेश्वर शाही,लगाएत दरजनौ स्थानियाहरुको उपस्थिति रहेको थियो ।








