रौतहट ।रौतहटमा बाघको आक्रमण बाट लमहा स्थित जंगलमा एक जना घाइते भएको छ ।चन्द्रपुर ६ भोलन टोल घर भएका यज्ञ बहादुर रायमाझीलाई बिहीबार बाघले लमाहा पुल पारी कालिखोला नजिकै पुर्व पश्चिम राजमार्ग मै आक्रमण गरेको हो ।

साईकलमा घाँस दाउरा लिन नियमित जसो जंगल जाने गरेका रायमाझी जंगलतर्फ जाँदै गर्दा बाटो मै बाघ देखिएको र भाग्न खोज्दा पछाडी बाट उक्त बाघले आक्रमण गरेको घाइते रायमाझीले बताएका छन् ।

सात जनाको समुहमा घाँस दाउरा लिन जंगल गएका रायमाझीको दुवै हातमा बाघको आक्रमणबाट चोट लागेको छ । बाघले आक्रमण गरेपछि आफू सग भएको बन्चरोले बाघ लाई हानेर भाग्न सफल भएको घाइते रायमाझीले बताएका छन ।

गत वर्ष बाघको आक्रमणबाट चन्द्रपुर ६ कै एकयुवक मारीएका थिए भने जिल्लामा पछिल्लो समय बाघले आक्रमण गर्दा आधा दर्जन घाइते भैसकेका छन । घाईते रायमाझीलाई चन्द्रनिगाहपुर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here