रौतहट । गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले मन्दिर शिलान्यास गरेका छन् l गौर नगरपालिकाको वार्ड नम्बर ६ सपगाढामा रहेको राम जानकी मठको प्रांगण भित्रै शिव मन्दिरको शिलान्यास गरेका हुन् ।Open Photo

गौर नगरपालिकाको लगानीमा उक्त मन्दिर बन्न लागेको हो । करिब ५० लाखको लागतमा बनाउने लक्ष्य राखिएको उक्त मन्दिर निर्माणको लागि चालु आर्थिक बर्षमा ३० लाख रुपैया छुट्याइएको छ  ।Open Photo

मन्दिर शिलान्यास पछि संक्षिप्त प्रतिक्रिया दिदै नगर प्रमुख अजय गुप्ताले मन्दिर निर्माण तथा शौन्दर्यकरणको लागि नगरपालिकाले हर सम्भव सहयोग गर्ने बताए l मन्दिर शिलान्यासको क्रममा वार्ड अध्यक्ष शेख जम्शेद ,अवध बिहारी साह लगायतकाहरुको सहभागिता रहेको थियो  ।Open Photo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here