रौतहट,१८ असोज ।

अन्र्रास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर गौर नगरपालिकाले आफना नगरभित्रका जेष्ठ नागरिकहरुको सम्मान गरेको छ ।
नगरपालिकाले आफनै सभाहलमा सोमबार एक कार्यक्रमको आयोजना गरि नगर भरिका ३० जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् । उनीहरुको सम्मान र बृद्धअबश्थामा सहयोग पुर्याउने आवश्यक सामग्रीहरु मध्ये कम्बल १ थान, टर्चलाइट १ थान, फलफुल, हर्लिक्स १ थान र विस्कुट १ थान सहित समेत वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत सुभाष कुमार ठाकुरले बताउनु भएको हो ।

May be an image of 4 people, people sitting and people standingकार्यक्रममा जेष्ठ नागरिकहरुलाई उक्त सामग्रीहरु मेयर अजय कुमार गुप्ता तथा उपमेयर किरण कुमारी देवीले वितरण गर्नु भएको थियो भन्ने कार्यक्रममा नागरिक समाजका पदाधिकारी जेष्ठ नागरिक समाजका पदाधिकारी तथा नगरपालिकाका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here