अखिलेश कुमार यादव ।रौतहट । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको उपमेयर परनिया देवी पटेलले मंगलबार एक कार्यक्रमको आयोजना गरि देवाही गोनाही नगरपालिका भित्र रहेको किशानलाई सहुलियत स्वरुप चार्जिङ एस्प्रे ट्याङ्की वितरण गरेकी छिन ।
गरिबी निवारणका लागि लघु उद्धम बिकास कार्यक्रम(MEDPA)को सीप बिकास तालीम अन्तर्गत देवाही गोनाही नगरपालिका भित्र रहेको किसानहरुलाई चार्जिंग स्प्रे ट्यांकी बितरण गर्नु भाको छ ।
नगरपालिकाको सम्बन्धित कर्मचारीहरुको विशेष उपस्थितिमा ७ दिनको तालीमको आयोजना गेरेर तालिममा सहभागिता जनाएको किसानलाई सहजता स्वरूप चार्जिङ स्प्रे ट्याङ्की वितरण गरिएको छ।
तालिममा सहभागी भएर कृषि पेशामा कसरि आत्म निर्भर बन्ने समबन्धमा प्रशिक्षकहरुले कृषक समक्ष स्पस्ट परेको थियो । चार्जिंग स्प्रे ट्यांकी पाए पछि किसानाग=हरुले उपमेयर परनिया देवी पटेललाई धन्यवाद समेत ज्ञापन गरेको छ ।
कार्यक्रममा बोल्दै देवाही गोनाही नगरपालिकाको उपमेयर परनिया देवी पटेलले नेपाल कृषि प्रधान देश भए पनि अहिले किसानहरुलाई सरकारले सहज रुपमा मल उपलब्ध नगराएको प्रति सरकारको ध्यान आकर्षण समेत गराउनु भएको थियो त्यसतै आउदो दिनमा नगरपालिका बाट किसानहरुलाई बिभिन्न किसिमको सामाग्रीहरु बितरण गरिने उपमेयर परनिया देवी पटेलले प्रतिबध्ता समेत गर्नु भएको छ ।








