काठमाडौँ- हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माईला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र बीरबहादुर तामाङलाई सार्वजनिक गरेको हो । उनीहरुको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरि राखेको ७ केजी ६१४ ग्राम चरेश बरामद गरिएको पनि व्यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिनु भयो ।No description available.

हाते कागजका डायरीहरुमा सो चरेश बरामद गरेर कतारलगायतका मुलुकहरुमा सो गिरोहले पठाउने गरेको पाइएको पनि व्यूरोले जनाएको छ ।No description available.

यस अघि उनीहरुले यसरीनै अचारको भाडोमा समेत चरेश राखेर भारत हुँदै हङकङ, थाईल्याण्ड, टर्की लगायतका देशहरुमा पनि लागू औषधहरु ओसार पसार गर्दै आएको पनि अनुसन्धानमा पाइएको एसएसपी थापाले बताउनु भयो । पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here