काठमाण्डौं,१८ असोज ।
सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्नेेमा सचेत रहेको बताउनु भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो उक्त कुरा स्पष्ट पारेका छन् । संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताउनु भयो । सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखि बनाउने प्रतिवद्धता समेत दोहो¥याउदैं संसदको कार्यभार असाधारण र असमान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकतावद्ध हुन आह्वान समेत गर्नु भएको हो । सभामुख सापकोटाले ‘हामीले जुन प्रण गरेका छौं–संघीय संसदलाई जीवन्त र जनमुखि बनाउने । त्यो सुत्र बाक्यलाई मैले त सधैभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु । संघीय संसदको कार्यभार असामान्य र असाधारण छ । यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकतावद्ध होऔं । हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ । संसद सचिवालयको तर्फबाट पनि पहल गरिएको छ । अहिले मलाई ईतिहासले संघीय संसदको नेतृत्वमा, प्रतिनिधिसभाको सभामुखमा लगेर राखेको छ । म यो पदको लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु ।’ भन्ने प्रस्ट पार्नु भएको हो ।
सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाईरहेको दावी गर्नु भयो । उहाँले दर्शन शाष्त्रलाई उधृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणा समेत राख्नु भएको हो ।
Home मुख्य समाचार आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्नेेमा सचेत रहेको सभामुख अग्नीप्रसाद सापकोटाको भनाई ।








