अखिलेश कुमार यादव । रौतहट ।
रौतहटमा सवारी दुर्घटनामा परि एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक चन्द्रपुर नगरपालिका– २, जुडिवेलाका सोनालाल चौधरीको घटनास्थलमै ज्यान गएको छ ।
युपी ३५ एटी ४२७३ नम्वरको भारतीय नम्वरको ट्रकले ना ३५ प १८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल ठक्कर दिएको प्रहरीले जनाएको छ ।
गएराति करिव ९ बजे चन्द्रनिगाहपुरबाट जुडिवेला स्थित घर जाने क्रममा चाँदीपुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनु भएको छ ।
मोटरसाईकललाई ठक्कर दिएको ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।








