अखिलेश कुमार यादव।रौतहट ।
आज प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस भएको र आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जसपाले जनाएको छ ।

मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टीका युवा तथा विद्यार्थी नेतासहितका नेता कार्यकर्ताले रौतहटको गरुडामा प्रदर्शन गरेका छन्

झरीका बिच पनि मसाल जुलुश प्रदर्शन गरेको छ । जसपा रौतहटको पूर्व जिल्ला उपाध्यक्ष श्याम बिहारी यादवको नेतृत्वमा जसपा नेपालको निर्धारित कार्यक्रमअनुसार मसाल जुलुश पदर्शन गरिएको हो ।

गरुडाको दुर्गा मन्दिर बाट निस्किएका जुलुश गरुडा बजारको परिक्रमा गरि मेथुर चौंकमा काेणसभामा परिणत भएकाे थियाे ।

काेणसभालाई सम्वाेधन गर्दै जसपाको जिल्ला इन्चार्ज एवं प्रदेश २ सदस्य समेत रहेको ब्रिज यादवले संघियता विराेधी क्रियाकलापहरु गरेर सरकारले संघियतालाई मास्न खाेजेकाे आराेप लगाउनु भएको थियो ।

त्यसैगरी जसपाका पूर्व जिल्ला अध्यक्ष श्यामबिहारी यादव, बिद्यार्थी नेता ललन यादव ,लगाएत दर्जनौ नेता कार्यकर्ताले अख्तियारको छापामार शैलीप्रति आपत्ति जनाउँदै संघियता धरापमा परको भन्दै चित्ता व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा युवा नेता श्याम बिहारी यादवले ‘बेटी बचाउ,बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै अख्तियारले आघात पुर्‍याउने कार्य गरेकोले अख्तियारविरुद्ध आन्दोलनमा उत्रिनु परेको बताउनु भएको थियो ।

साे अवसरमा सहभागीहरुले ‘अख्तियार मुर्दावाद, संघियता मास्न पाइदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा शान हुन्, अख्तियार गाे व्याक लगायतका नारा लगाएका थिए ।

आज प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस भएको र आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जसपाको रौतहट इन्चार्ज ब्रिज यादवले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here