अखिलेश कुमार यादव । रौतहट । घोरासैनीको शव कालापानी सामुदायिक वन जंगलको झाँडीमा गम्छाको पासोमा झुण्डिएको अवस्थामा फेला परेको थियो । घटना लगतै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेको कमाण्डमा खटेको प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको थियो ।प्रहरीको अनुसन्धान बाट वर्षौँ पुरानो रिसिवी साँध्न घोरासैनिको हत्या गरिएको खुलेको छ ।
गत भदौ २६ गते रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ५० वर्षिय रोहिणी प्राद घोरासैनीको हत्याको आरोपमा पक्राउ परेकोलाई रौतहट प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
सुरुमा आत्महत्या जस्तो देखिएपनि घटनास्थल र शवको प्रवृति हेर्दा शंकास्पद देखिएपछि प्रहरीले स्थानिर पत्रकारहरुले यो घटना आत्महत्या होईन कसैले हत्या नै गरेको खबर प्रहरीलाई दिए पछि प्रदेश प्रहरी कार्यालय बाट तालिम प्राप्त कुकुरको मदतमा गहिरिएर अनुसन्धान सुरु गरेको थियो । प्रहरी र स्थानीयलाई गुमराहमा राख्न घटनाका योजनाकारहरुले हत्या गरिसकेपछि रुखमा झुण्डाएको अनुसन्धानबाट खुलेको रौतहट प्रहरीको प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिनु भएको छ ।
प्रहरीले घटनाका संलग्न रहेको आरोपमा चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार बस्ने ४५ वर्षिय प्रल्हाल फुुयाँल, सिन्धुली जिल्ला पिपलमाडी गाविस वडा नम्बर ९ घर भई हाल पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ३ सृजना टोल बस्ने २४ वर्षिय रमेश पहरी र नवलपरासी जिल्ला पूर्व कावासोती नगरपालिका वडा नम्बर ८ बस्ने २३ वर्षिय सूर्य बहादुर भण्डारीलाई पक्राउ गरि सार्वजनिक गरेको छ।
घटनाका मुख्य योजनकार चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटार टोल घर भई हाल जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कप्तान ३८ वर्षिय सहदेव भन्ने डोल प्रसाद बोलखे भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । फुयाँलले आफुले मार्न नसक्ने भन्दै त्यस्तो काम गर्ने केटाहरु आफ्नो सम्पर्कमा छन् भनेर ३ लाखमा बोलखेसँग डिल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ
फुयँलले अर्का अभियुक्त रमेश पहरीसमेत २ जनासँग कुराकानी गरी मार्ने योजना बनाए । र, सोका लागि बोलखेसँग फुँयालले पटक पटक गरेर १ लाख १५ हजार पनि लिएर पहरीलाई पठाएका खुलेको छ । घोरासैनीलाई आफुसमेत २ जना भई मार्न पहरीले चन्द्रनिगाहपुर बजार स्थित एउटा होटलमा बसी योजना बनाए । उनीहरुलाई फुयाँलले गैंडाटार स्थित घोरासैनीको घरमा लगेर उनको पहिचान गराएका थिए ।
रमेश पहरी र सूर्य बहादुर भण्डारीले भदौ २३ गते दर खाने दिन घरमा महिलाहरु नहुने भएकोले सोही मौका छोपी घोरासैनीलाई राती मार्नको लागि घरमा जाँदा छिमेकीहरुको चहल पहल रहेकोले मार्न आँट गर्न नसकि सोही दिन फुयालको घरमा बास बसी बिहान चन्द्रनिगाहपुर फर्किएका थिए ।
पुनः उनीहरु भदौ २६ गते बिहान चन्द्रनिगाहपुर स्थित होटलबाट मृतक घोरासैनीले घाँस काट्ने ठाउँमा गएर उनलाई मार्ने योजना बनाए । उनीहरु सो स्थानमा पुग्दा स्थानीय महिलाहरु देखेकोले फुयँलललाई मोबाईल फोन मार्फत त्यहाँ मानिसहरु भएकोले मार्न नसक्ने जानकारी गराएका थिए ।
फुयाँलले निर्देशन पश्चात पहरी र भण्डारी मृतक घोरासैनीले घाँस काँटिरहेको स्थानमा आएर एउटा लठ्ठी काँटि दिनु हामी जंगलको बाटो हुँदै भोलनटार जानु छ’ भनि आग्रह गरे पछि उनले घास काँटेको स्थान देखि करिब २० मिटर पश्चिम जंगलमा पुगेर लठ्ठी काँट्दै गर्दा पहरीले हातखुट्टा समाते र भण्डारीले घाँटी थिचेर अचेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घोरासैनी अचेत भएपछि उनकै गम्छाले घाँटीमा सुर्कने गाँठो बाँधेर पिरपिरे रुखको हाँगामा उनीहरुले झुण्ड्याएको थियो । त्यसपछि उनीहरु सो स्थानबाट भोलनटार हुँदै बारा जिल्लाको निजगढ बजारमा गई निजगढबाट गाडी चढेर चन्द्रनिगाहपुर स्थित होटलमा आई आफ्नो सरसामानहरु लिएर आफ्नो घर तर्फ लागेको थियो
मृतक घोरासैनीको परिवारले हत्यामा संलग्न सबैलाई कडा कारवाही हुनुपर्ने माग गरेका छन् । मृतककी श्रीमती चुर्ण कुमारी घोरासैनीले आफ्नो निर्दोष श्रीमान्लाई पुरानो रिसइबीको कारण हत्या गर्ने अपराधीहरु जो सुकै भएपनि उनीहरुलाई कानुनको कडघरामा उभ्याउनुपर्ने माग गरेकी छिन् ।‘मेरो श्रीमानको के दोष थियो र त्यसरी तड्पाइ तड्पाइ मार्नुपर्ने’ भावुक हुँदै उनले भनिन्, ‘उनीहरुलाई पनि कडा भन्दा कडा सजाय हुनुपनर्छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाले प्रहरीले यो घटना संग्लन केहीलाई पक्राउ गरेपनि मुख्य अभियुक्त अझैपनि फरार रहेकाले गाउँमा अझैपनि डरत्रासको वातावरण भएको र सो हटाउन प्रहरीले नियमित गस्ती गर्नुपर्ने माग गरेका छन् ।
प्रहरीले पीडित परिवारलाई पनि भेटेर केही गाह्रो अप्ठ्यारो भए तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गर्दै परिवारका सदस्यको सुरक्षाको जिम्वेवारी प्रहरीले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।