महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं महोत्तरी क्षेत्र नं. ३ का सांसद माननीय महन्थ ठाकुरले आज मटिहानी नगरपालिका वडा नं. १ सिरसियामा नव-निर्मित सामुदायीक भवनको समुद्घाटन गर्नु भयो ।
प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालयको सहयोगमा करीब २० लाखको लागतमा सो भवन निर्माण भएको कुरा जनाईएको छ । यसै गरी अध्यक्ष ठाकुरले आजै मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीमा नव-निर्मित सहनी जातीको दलानको पनि उद्घाटन गर्नु भयो । दलान ठाकुरको संसदीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत करीब २० लाखको लागतमा निर्माण गरिएको छ ।
त्यस्तै लोसपा अध्यक्ष महन्थ ठाकुरले पासमान जातीको कुल देवता शैलेस मन्दिरको पनि सिमरदहीमा उद्घाटन गर्नु भयो । सो मन्दिर १० लाखको लागतमा संसदीय कोषबाट निर्माण भएको छ ।
कार्यक्रममा महोत्तरी क्षेत्र नं. 3 (क) का प्रदेश सभा सदस्य एवं पुर्व राज्य मन्त्री अभिराम शर्मा, मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल, जलेश्वर नगरपालिका प्रमुख राम शंकर मिश्र, पार्टीका नेता रामबाबु साह, जलेश्वर अस्पताल विकास समिति अध्यक्ष सुरेश पाण्डेय लगायतमा सहभागी रहेका थिए ।










