रौतहट– रौतहटको कटहरिया नगरपालिकाको ७८ जना किसानहरुलाई मोटर पम्प वितरण गरिएको छ । कटहरिया नगरपालिकाको वडा नम्बर १ , ३ , ४ , ५ र ७ मा सञ्चालनमा रहेका फलफुल नर्सरी क्षमता अभिबृद्धि कार्यक्रम अन्र्तगत ७८ जना किसानहरुलाई मोटर पम्प नगर प्रमुख सियाराम प्रसाद कुशवाहा र , वडा नम्बर ९ का वडा अध्यक्ष राममज्ञा यादव , प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहद्धारा संयुक्त रुपमा मोटर पम्प वितरण गरिएको कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहले बताउनु भएको छ ।
विश्व महामारीको रुपमा फैलिरहेको कोराना भाईरसले सास्ति खेप्दै आएका किसानहरूलाई खेतीपाती गर्नमा थप सहयोग पुग्ने उदेश्यले सो पम्प वितरण गरिएको नगर प्रमुख सियाराम कुशवाहाको भनाइ रहेको छ ।
आउदो दिनमा पनि कटहरिया नगरपालिका भित्रको किसानलाई बिभिन्न किसिमको सामाग्री बितरण गर्ने नगरप्रमुख कुशवाहाले प्रतिबद्धता समेत जनाउनु भयो ।








