एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बिहीबार भएको खेलमा कलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।
मुम्बईले दिएको १५६ रनको लक्ष्य कलकत्ताले १५.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
कलकत्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको उत्कृष्ट पारी खेले । ४२ बलको समना गरेका उनले ८ चौका र ३ चौका प्रहार गरे ।
भेन्कटेश अय्यरले ३० बलमा ४ चौका र ३ छक्काको मद्दतले ५३ रनको अर्धशतकीय पारी खेले ।मुम्बईका तिनै विकेट जसप्रित बुमराहले लिए ।
यस अघि अबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।मुम्बईका लागि क्विन्टन डी ककले ५५ रनको अर्धशतकीय पारी खेले । ४२ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रार गरे ।
कप्तान रोहित शर्माले ३३ र किरोन पोलार्डले २१ रन जोडे ।कलकत्ताका लकी फर्गुसन र प्रशिद्ध कृष्णले २-२, सुनिल नारायण विकेट लिए । १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
जितसँगै कोलकाता ९ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा उक्लिँदा समान खेलबाट समान अंक जोडेको मुम्बई रन रेटमा पछि पर्दै छैटौँ स्थानमा छ ।








