अखिलेश कुमार यादव ।रौतहट । रुख रोपौं गाउँपालिका हाराभारा बनाउ हाम्रा दुर्गाभाग्वती गाउँपालिकामा हराभरा स्वच्छता सहितको अभियान अन्तर्गत दुर्गाभगवती गाउँपालिकाको वडा न २ भालोहियामा बिरुवा वितरण तथा वृक्षारोपण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।दुर्गाभगवती गाउँपालिकाको वडा न २ भलोहियाको सडक साईड आली तथा खेतबारीमा प्रशान्त नर्सरी भलोहियाको आयोजनामा बृक्षारोपन गरिएको छ ।
हरियो बन नेपालको धन उखानलाई कायम राख्नको लागि रुख बिरुवा मानिसको लागि धेरै आवश्यक रहेको ले र अक्सिजन प्राप्तिको लागि सजिलो होस् भन्ने उदेशयले बिरुवा बितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको दुर्गाभगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले बताउनु भएको छ ।
नेपालको संविधानकोे धारा ३० ले हरेक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा वाँच्न पाउने मौलिक हकको व्यवस्था गरेकोले दुर्गाभगवती गाउँपालिकाले आगामी दिनमा पनि गाउँपालिकाको सबै वडामा बिरुवा बितरण तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेन गाउँपालिका अध्यक्ष अरुण कुमार साहले बताउनु भएको छ ।
गङ्गाधर झाको मुख्य अतिथिमा सम्पन्न बिरुवा बितरण तथा वृक्षारोपण कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले गाउँपालिकाको हितको लागि राम्रो कार्य गरेको भन्दै दोसाला ओढाएर सम्मान समेत गरिएको थियो त्यसति प्रमुख अतिथि समेत रहेको गङ्गाधर्म झा लाई समेत दोसाला ओढाएर सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा दुर्गाभगवती गाउँपालिकाको लेखापाल संदेश कुशवाहा,जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य रेवन्त झा लगाएत दर्जनौ भर भलादमिहरुको उपस्थिति रहेको थियो ।








