रौतहट– रौतहटको कटहरिया नगरपालिकाको ७८ जना किसानहरुलाई मोटर पम्प वितरण गरिएको छ । कटहरिया नगरपालिकाको वडा नम्बर १ , ३ , ४ , ५ र ७ मा सञ्चालनमा रहेका फलफुल नर्सरी क्षमता अभिबृद्धि कार्यक्रम अन्र्तगत ७८ जना किसानहरुलाई मोटर पम्प नगर प्रमुख सियाराम प्रसाद कुशवाहा र , वडा नम्बर ९ का वडा अध्यक्ष राममज्ञा यादव , प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहद्धारा संयुक्त रुपमा मोटर पम्प वितरण गरिएको कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहले बताउनु भएको छ ।May be an image of 3 people

विश्व महामारीको रुपमा फैलिरहेको कोराना भाईरसले सास्ति खेप्दै आएका किसानहरूलाई खेतीपाती गर्नमा थप सहयोग पुग्ने उदेश्यले सो पम्प वितरण गरिएको नगर प्रमुख सियाराम कुशवाहाको भनाइ रहेको छ ।May be an image of 11 people, people standing and text that says 'GMC'

आउदो दिनमा पनि कटहरिया नगरपालिका भित्रको किसानलाई बिभिन्न किसिमको सामाग्री बितरण गर्ने नगरप्रमुख कुशवाहाले प्रतिबद्धता समेत जनाउनु भयो ।May be an image of 8 people, people standing and people sitting

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here