अखिलेश कुमार यादव ।रौतहट । रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलि गस्तीमा रहेको बेला ३ वटा साईकलमा सालको अवैध गोलियाकाठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट गएको गस्ती टोलीले चन्द्रपुर न.पा. वडा नं. ०५ रापैडा टोल नजिक चाँदी खोला बाट आज बिहान सालको गोलिया सहित ३ वटा साईकल बरामद गरेको छ ।
बरामद काठ २५ क्यू फिट रहेको प्रहरी नायब उपरीक्षक लिला राज लामिछानेले बताउनु भएको छ ।गस्ती टोलीले गस्ती गर्न जाने बेला ७/८ जनाको समूहमा रहेको तस्करहरुले प्रहरीलाई देख्ने बितिकै काठ र साईकल छोडेर भने फरार भएका थिए ।
प्रहरीले पक्राउ गरेको ४ थान साल काठको गोलिया र ३ वटा साईकल आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर रौतहटलाई जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनु भएको छ । फरार रहेको काठ तस्करहरुको खोजि कार्य जारि रहेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।








