अखिलेश कुमार यादव । रौतहट । मौलापुर नगरपालिकाको नगरप्रमुख रिना साहले बुधवार एक कार्यक्रमको बीच मौलापुर बहुप्राविधिक शिक्षालयमा ल्याबको उद्घाटन गर्नु भएको छ । मौलापुर बहुप्राविधिक शिक्षालयमा झन्डै २० लाखको लागतमा फिजिक्स ल्याब केमेस्ट्री ल्याब र सिभिल सर्भे ल्याबको को बुधवार मौलापुर नगरपालिकाको नगरप्रमुख साहले उद्घाटन गर्नु भएको छ ।
गुणस्तरीय शिक्षाको लागि आधुनिक ल्याब निर्माणले बिधार्थीहरको पठन पाठनमा धेरै सहयोग पुग्ने बिश्वास मौलापुर नगरपालिकाको बिश्वाश रहेको छ ।
आउदो दिनमा पनि मौलापुर नगरपालिकाले मौलापुर बहुप्राबिधिक शिक्षालयमा थाप आवश्यक पर्ने सामाग्री सहयोग गर्ने मेयर रिना साहले प्रतिबद्धता जनाउनु भयो ।ल्याब उद्घाटन कार्यक्रमा मौलापुर नगरपालिकाको शिक्षा शाखा प्रमुख स्थानीय नेता तथा मौलापुर बहूप्राबिधिक शिक्षालयको कर्मचारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।











