वीरगंज | पर्साको वीरगंज रजत जयन्तीबाट प्रतिबन्धित भारतीय नोट सहित प्रहरीले पर्साका एक जनालाई आफ्नो नियन्त्रणमा लिएको छ |

नियन्त्रणमा आएका पर्साको बहुदरमाई न.पा.वडा नं.४ बस्ने वर्ष २५ को अजय कुमार शर्मा रहेको प्रहरीले जनाएको छ |

प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगंज वडा नं.१६ रजतजयन्ती चोकमा खटिएको चेकिङ टोलीले भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.१५ प २३७२ नम्बरको अपाचे मोटरसाइकल चलाई आएका शर्माको साथ बाट प्रतिबन्धित भारतीय नोट प्रहरीले बरामद गरेको छ |

शर्माबाट बरामद प्रतिबन्धित भारतीय रू.५०० को दरको नोट-२९६ थान रु.१०० को नोट-५ थान गरी जम्मा रु.१ लाख ४८ हजार ५०० रु. फेला परेको प्रहरीले जनाएको छ |

उक्त रकम बरामद गरी उल्लेखित मोटरसाइकल सहित शर्मालाई नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी गराएका हुन |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here