अखिलेश कुमार यादव ।रौतहट ।

जिल्ला प्रहरी कार्यालयमा रौतहटले बुधवार जिल्ला प्रहरी कार्यालयको प्राङ्गानमा आयोजना गरेको पत्रकारहरु बिचको परिचयात्मक तथा अनतर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटको तत्कालिन प्रहरी उपरीक्षक सिद्धि बिक्रम साह पत्रकारलाई लागु औषध काण्डमा फसाइको मुदामा मुछिए पछि वहाको ठाउँमा रौतहट जिल्लामा नयाँ प्रहरी प्रमुखको रुपमा बिनोद घिमिरे आय पछि पत्रकारहरु बीच राखेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

पत्रकार र प्रहरी बीच नङ्ग र मासुको समबन्ध भए पनि बिगत केहि दिन पहिला प्रहरीले नै पत्रकारलाई फसाउने कार्यमा संगलंगन देखिएको र अहिले सम्म दोषी खुल्याम रुपमा घुमिरहेको भनेर उपस्थित पत्रकारहरुले जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रहरी प्रमुखमा आउनु भएको बिनोद घिमिरे समक्ष गुनासो राखेको थियो ।

रौतहट जिल्लामा घुमुवा प्रहरीको आतंक बाट सिमानाका आसपासको बासिन्दाहरुलाई दुख भईरहेको प्रति पनि केहि पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय रौतहटको ध्यान आकर्षण समेत गराएको थियो ।

त्यसतै पत्रकार मोजिबुल्लाहलाई लागुऔषध काण्डमा फसाएको मुख्य पात्रहरु खुल्याम रुपमा घुमिरहेको तर अहिले सम्म प्रहरीले उनीहरुलाई पक्राउ न गर्नु प्रति दुखेसो समेत पोखेको थियो ।
रौतहट जिल्लामा अहिले किशानहरुले लगाएको धान बालीको लागि आवश्यक पर्ने मलको निकै नै अभाव भएको र भारत संग नेपालको बेटी रोटिको समबन्ध भएको कारण दैनिक नेपाल बाट मानिसहरु घरायसी सर समान किन्नको लागि भारत जादा सिमा नाकामा खटेको प्रहरीले सर्वसाधारणलाई दुख दिने गरेको प्रति जिल्लामा नयाँ प्रहरी उपरीक्षकको रुपमा आउनु भएको बिनोद घिमिरे समक्ष मल भारत बाट ल्याउनको लागि सहज बताबारण मिलाई दिनको लागि आग्रह समते गरेको थियो ।

पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदै प्रहरी उपरीक्षक घिमिरेले आफ्नो कार्यकालमा रौतहटमा तस्करी देखि अबैध मदिरा भट्टीलाई नियन्त्रण गर्ने तथा पत्रकार मोजिबुल्लाहको मुदामा दोषी मानिएको व्यक्तिलाई चाडै कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता समेत जनाउनु भयो । उक्त परिच्यातमक तथा अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघको पदाधिकारी तथा जिल्लामा सक्रिय रहेको संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here