रौतहट । किसानको समस्या समाधान गर्न किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानले राखेका बुँदागत मागहरु पूरा गराउन जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा सो ज्ञापन पत्र बुझाइएको हो ।No description available.

किसानकाे तर्फबाट प्रदेश २ का निवर्तमान सांसद कुन्दन कुशवाहाले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी बसन्त भट्टराईलाई सो पत्र बुझाउनुभएकाे हाे । किसानका समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै बुधबार रौतहटमा प्रदर्शनसमेत गरेका थिए ।No description available.

नेपाल कृषि प्रधान देश रहेको र ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेपनि सरकारको कुनियतको कारण कृषि पेशा तथा कृषकहरु मर्कामा परेको तथा अहिलेको आधुनिक युगमा विश्व बजारको तुलना गर्न सरकारले मलखाद दिन नसकेको किसानहरुको आरोप छ ।

सरकारले किसानको समस्याको कुनै वास्ता नगरेको भन्दै रौतहटमा बुधबार हजारौ ट्याक्टरसहित किसानहरु सडकमा उत्रिएका थिए ।No description available.

किसानलाई पेन्सनको व्यवस्था, अन्न दातालाई सम्मान, कृषि ऋण सहज ढंगले उपलब्ध, प्रयाप्त मलखाद्य विऊ विजनको तुरुन्त व्यवस्था, भूमिहीनलाई जग्गा र किसानलाई आधुनिक कृषि औजारको व्यवस्थाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा जाने पूर्व सांसद कुशवाहाले बताए । छिटो भन्दा छिटो किसानहरुको माँग पुरा नभएन किसानहरु सशक्त आन्दोलनमा उत्रिने समेत कुशवाहाले बताउनुभयाे ।No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here