रौतहट ।अषाढ १० गते भित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसक्नु पर्नेमा राजनीतिक दलको नेतृत्वको कारण केहि समस्या उत्पन्न भएको कारण २ महिना ढिलो भए पनि बौधिमाई नगरपालिकाको पाचौ आधिबेशन २ महिना पछि आईतबार सम्पन्न भएको हो ।May be an image of 9 people

जनता समाजवादी पार्टीको नगर प्रमुख भएको बौधिमाई नगरपालिकामा नेकपा एमाले , नेकपा माओवादीका निर्वाचित जनप्रतिनिधिहरुको अवरोधको कारण २ महिना ढिलो आईतबार भब्य रुपमा सम्पन्न भएको छ ।May be an image of 12 people, people sitting, people standing, balloon and indoor

राजनीतिक दलको निर्वाचित जनप्रतिनिधि विच सहमति भएपछी नगर अधिबेशन शान्ति पूर्ण बातावरण मा सम्पन्न भएको हो ।नगर प्रमुख राजिव रंजन यादवले अधिवेशनमा आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तु गगर्नु भएको थियो ।May be an image of 12 people, people sitting, people standing, indoor and crowd

नगर प्रमुख यादवले आगामी आर्थिक वर्षको लागि ४३ करोड ६ लाख ६३ हजार ८ सय ६३ रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ,May be an image of 12 people and people standing

आन्तरिक आयबाट ४० लाख , संघीय सरकारको राजश्व बाडफाडबाट ७ करोड ४४ लाख ८३ हजार , संघीय सरकार वितिय समानीकरणबाट ११ करोड २८ लाख , संघीय सरकार सशर्त अनुदान तर्फ १२ करोड ३७ लाख , प्रदेश सरकार वितिय समानीकरणबाट ७६ लाख ६६ हजार , प्रदेश सरकार राजश्व बाड फाड़ ३० लाख ८४ हजार ८ सय ६३ , सडक बोर्डबाट २१ लाख ३० हजार ,सामाजिक सुरक्षा अनुदान १० करोड र बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत ३० लाख रुपैया व्यय रहेको प्रस्तुत नीति तथा कार्यक्रम मा उल्लेख गरिएको छ ।May be an image of 11 people, people standing and indoor

२१ पेजको लामो प्रस्तुत नीति कार्यक्रममा पूर्वाधार , शिक्षा , स्वास्थ्य , कृषि सिचाई , पशु , उद्योग तथा बाणिज्य पर्यटन सहकारी क्षेत्रलाइ प्राथमिकता दिइएको छ ।May be an image of 12 people, people standing and indoor

मेयर यादवले वर्षौ देखि बन्द सिमा नाकाबाट सिमा क्षेत्रमा बसोवास गर्ने समुदायका व्यक्तिहरुलाई धेरै समस्या उत्पन्न भएकोले यस प्रति संघीय सरकारलाइ ध्यान दिन आग्रह गरेका छन् ।May be an image of 4 people, beard and people standing

नगर सभामा प्रतिपक्षी दलका निर्वाचित वडा अध्यक्षहरुले आफुले गरेको गल्तिलाइ ढाकछोप गर्दै मेयर माथि दोष थुपार्ने प्रयत्न गरेका थिए । आर्थिक प्रलोभन र राजनीतिक स्वार्थको कारण बाधा अवरोध गर्ने नेकपा एमाले र माओवादीका निर्वाचित वडा अध्यक्षहरुले मेयर माथि विभिन्न किसिमका लान्छना लगाउने प्रयास गरेका थिए ।May be an image of 13 people, people sitting, people standing and indoorMay be an image of 9 people, people sitting and indoorMay be an image of 1 person and text that says 'बौधीमाई नगरपालिका पाच अधिवेशन-श'

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here