रौतहट । रौतहटको कटहरिया नगरपालिकाको एक वडा अध्यक्षले पुन जिम्मेवारी पाउनु भएको छ । स्थानिय निर्वाचनमा कटहरिया नगरपालिकाको वडा नम्बर ९ मा निर्वाचित हुनु भएका वडा अध्यक्ष रामाज्ञा प्रसाद यादवलाई एक बालकको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको थियो ।
जिल्ला अदालत गौरले अनुसन्धान पश्चात हत्या गरेको आरोपको सफाई दिएपछि आइतबार कटहरिया नगरपालिकाको प्रशासकिय अधिकृत रामप्रकाश साहले फुलमालासहित नगरपालिकामा स्वागत गर्नुका साथै पुन वडा अध्यक्षको जिम्मेवारी दिनु भएको छ ।
वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा रहदा नन्दलाल पासवानले केही दिन कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी पाउनु भएको थियो । पासवान पनि आन्तरिक विवादमा तानिएपछि सो वडाका जिम्मेवारी मनोज साह तेलीले पाउनु भएको थियो । जिल्ला अदालत रौतहट गौरले निर्वाचित वडा अध्यक्षलाई सफाइ दिएपछि यादवले सोमबार पुन विधिबत रुपमा वडा कार्यालयमा वडा अध्यक्षको जिम्मेवारी पाउनु हुने भएको छ ।







