अखिलेश कुमार यादव- रौतहट-
कोरोना महामारीको कारण बन्द भएको राष्ट्रिय जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ गते सम्म हुने भएको छ । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरे पछि रौतहट जिल्लामा जनगणनाको कार्य तिब्र रुपमा अगाडी बढिरहेको छ ।
जनगणनाको मिति तय भए पछि कटहरिया नगरपालिकाको मेयर सियाराम कुशवाहाले एक कार्यक्रमको बीच स्थानीय जनगणना कार्यालको शुक्रबार उद्घाटन गर्नु भएको छ ।
जनगणना कार्यालयको उद्घाटन गर्दै मेयर सियाराम कुशवाहाले कार्तिक २५ देखि मङ्सिर ९ गते सम्म जनगणनाको लागि आउने प्रतिनिधिलाई आफ्नो बिबरण आफ्नो भाषा सहि रुपमा टिपोर्ट गराउनको लागि स्थानीयत संग आग्रह समेत गर्नु भएको छ ।
उक्त जनगणना स्थानीय कार्यालय उद्घाटन कार्यक्रम स्थानीय जनगणना अधिकारि लगाएत दर्जनौ कर्मचारीको उपस्थिति रहेको थियो ।








